• २१ असोज २०८३, बुधबार
  • ५ः०२ बिहान

सुनचाँदी व्यवसायीको आन्दोलन उग्र, राजश्व कार्यालय अगाडि धर्ना

प्रकाशित मिति

२०८२ असार २३ गते, सोमबार ०५:२६

असार २३, २०८२ विराटनगर। सरकारले सुनचाँदी कारोबारमा लगाएको नयाँ कर नीतिको विरोधमा देशभर उग्र रूप लिँदै गएको सुन व्यवसायीहरूको आन्दोलन विराटनगरमा पनि चर्किएको छ। नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङ र सुनसरीका व्यवसायीहरू सोमबार विराटनगरको आन्तरिक राजश्व कार्यालयअगाडि धर्नामा उत्रिएका हुन्। उनीहरूले सरकारले लगाएको करलाई अव्यावहारिक भन्दै तत्काल संशोधनको माग गरेका छन्।

National Life

धर्नाका क्रममा नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङका अध्यक्ष शशिभुषण साहले सरकारले २ प्रतिशत विलासिता कर र हिरा-पथ्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिए। उनले सुनको भन्सार दर ६ प्रतिशतमै कायम गर्नुपर्ने माग पनि दोहोर्याए। संघ उर्लाबारीका अध्यक्ष अशोक धिमालले सरकारले सुनचाँदी व्यवसायलाई मास्ने गरी कर थोपरेको आरोप लगाए। उनका अनुसार व्यवसायीहरू अन्योल र दवाबमा परेका छन्, र सरकारको नीतिले साना व्यवसायीहरू थप संकटमा पर्ने खतरा देखिएको छ।

व्यवसायीहरूले विराटनगरको ठाकुरवाडी रोडस्थित संघको कार्यालयबाट विरोध र्‍याली निकाल्दै आन्तरिक राजश्व कार्यालयसम्म पुगेका थिए। उता, सरकारले भने आर्थिक शुद्धता र राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर नीति ल्याइएको बताउँदै आएको छ। तर व्यवसायीहरूको आक्रोश र चर्को विरोधले विषयलाई थप पेचिलो बनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया