• २१ असोज २०८३, बुधबार
  • ५ः०२ बिहान

अस्पतालहरूमा आज आकस्मिकबाहेकका सेवा बन्द

प्रकाशित मिति

२०८२ असार २३ गते, सोमबार ११:३८

असार २३  , २०८२ काठमाडौं ।  उपभोक्ता अदालतको पछिल्लो फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले आज (असार २३) देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरेको छ।

National Life

संघले असार १७ गतेदेखि नै सबै चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको थियो। तर आजबाट आकस्मिकबाहेकका सम्पूर्ण सेवा रोकिएको जनाएको छ।

संघले कानुनी व्यवस्था संशोधन गरेर चिकित्सकीय लापरवाहीसम्बन्धी मुद्दा हेर्ने सम्पूर्ण अधिकार नेपाल मेडिकल काउन्सिललाई दिनुपर्ने माग अघि सारेको छ। संघले माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ। पछिल्ला साता उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको भन्दै विभिन्न अस्पताल तथा चिकित्सकहरूमाथि क्षतिपूर्ति दिनुपर्ने फैसला गर्दै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

ओम अस्पताललाई ५० लाख ७० हजार, हिमाल अस्पताल र सम्बद्ध चिकित्सकलाई १ करोड ४५ लाख, तथा ग्राण्डी सिटी अस्पताल र चिकित्सकलाई ५७ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला उपभोक्ता अदालतले सुनाएको थियो।

प्रतिकृया