• २१ असोज २०८३, बुधबार
  • ५ः१० बिहान

फेरी एअर इण्डियाको उडानमा प्राविधिक गडबडी, उडान रद्द

प्रकाशित मिति

२०८२ असार १९ गते, बिहीबार ०२:१४

असार १९, २०८२ काठमाडौं । भारतको दिल्लीबाट अमेरिकाको वाशिङ्टन डीसीका लागि उडेको एअर इण्डियाको उडानमा प्राविधिक गडबडी देखिएपछि उडान रद्द गरिएको छ।

National Life

भारतीय मिडियाका अनुसार अष्ट्रेलियाको भियनामा इन्धन भर्ने क्रममा विमानमा प्राविधिक समस्या पत्ता लागेपछि उडान रोकिएको हो। एअर इण्डियाले प्रभावित यात्रुहरूलाई भियनामै ओरालेर वैकल्पिक व्यवस्था गरिएको जनाएको छ।

एअर इण्डियाका प्रवक्ताका अनुसार जुलाई २ मा नयाँ दिल्लीबाट वाशिङ्टन जाँदै गरेको विमानमा इन्धन भर्दै गर्दा समस्या देखिएको थियो। त्यसपछि वाशिङ्टन डीसीबाट भियना हुँदै दिल्ली फर्किने अर्को उडान पनि सुरक्षाका कारण रद्द गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रभावित यात्रुहरूलाई वैकल्पिक उडानमार्फत गन्तव्यमा पुर्‍याउने व्यवस्था मिलाइएको एयरलाइन्सले जनाएको छ।

प्रतिकृया