• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

पर्साबाट स्रोत नखुलेको २८ लाखभन्दा बढी नगदसहित ३ जना पक्राउ

प्रकाशित मिति

२०८२ असार १८ गते, बुधबार ०४:२२

असार १८, २०८२ काठमाडौं । पर्सा जिल्लाका छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको नगदसहित ३ जना व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पकाहामैनपुर–२ का २६ वर्षीय अनिल कुमार वर्णवाल, वीरगंज–३ का २३ वर्षीय बिनित कुमार श्रीवास्तव र बारा परवानीपुर–४ का ४४ वर्षीय दीपक कुमार सोनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज–१० मकालु चोकबाट अनिललाई ९ लाख ४७ हजार रुपैयाँसहित, वीरगंज–८ लिंकरोडस्थित कृषि विकास बैंक अगाडिबाट बिनितलाई १५ लाख ८१ हजार रुपैयाँसहित र वीरगंज–१६ रजत जयन्ती चोकबाट दीपकलाई ३ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

Kamana Sewa

प्रहरीका अनुसार उनीहरूलाई हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। जिल्ला अदालत पर्साबाट ५ दिनको हिरासत अनुमति लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Classic Tech Desktop

Ask ChatGPT

प्रतिकृया