• २१ असोज २०८३, बुधबार
  • ५ः१० बिहान

पार्टीको बैठकमै गगन र मोहनबीच भयो घम्साघम्सी

प्रकाशित मिति

२०८२ असार १८ गते, बुधबार ०५:११

असार १८, २०८२ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतबीच भनाभन भएको छ। टेरामक्स प्रकरणलाई लिएर बस्नेतले थापामाथि गम्भीर आरोप लगाउँदै पार्टी बैठकमै तीव्र प्रतिक्रिया जनाएका हुन्।

National Life

बस्नेतले आफूविरुद्ध संसद्मा पटक–पटक आवाज उठाएको भन्दै महामन्त्री थापा प्रतिको असन्तुष्टि व्यक्त गरे। उनले थापामाथि इङ्गित गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफूविरुद्ध लाग्नुमा पनि थापाको भूमिका रहेको आरोप लगाए।

“महामन्त्री गगन जी, तपाईं सबै नेतालाई समाउन लगाउनुस्,” भन्दै बस्नेतले बैठकमा चेतावनीपूर्ण लहजामा प्रतिक्रिया जनाए। उनले भ्रष्टाचारको मुद्दामा कांग्रेसभित्र नै एकले अर्कोलाई कमजोर बनाउने प्रयास भइरहेको टिप्पणी गरे।

Classic Tech Mobile
Classic Tech Desktop

“भ्रष्टाचारको मुद्दामा एउटाले अर्कोलाई सकाउन नेपाल पाकिस्तानको मोडलमा गएको छ,” उनले भने, “समय लाग्ला तर कोही पनि सग्लो देखिने छैनन्।” बस्नेतले टेरामक्स प्रकरणमा आफू निर्दोष रहेको दाबी गर्दै, कुनै गल्ती नगरेको पनि स्पष्ट पारे। पार्टीभित्र खुला रूपमा यस्तो आरोप–प्रत्यारोप चल्न थालेपछि नेपाली कांग्रेसको आन्तरिक मतभेद अझ चर्किएको संकेत देखिएको छ।

प्रतिकृया