भिजिट भिसा दुरुपयोगमा छानबिन सुरु भएलगत्तै घट्यो विदेशिनेको संख्या
प्रकाशित मिति
२०८२ असार १७ गते, मंगलवार १०:०७
असार १७ , २०८२ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा भइरहेको संगठित असुलीबारे अनुसन्धान तीव्र भइरहँदा विदेश जाने युवाको संख्या उल्लेख्य रूपमा घटेको छ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, अघिसम्म दैनिक ९–१० हजारसम्म व्यक्ति विदेशिने गरेकामा हाल त्यो संख्या घटेर ६–७ हजारको हाराहारीमा झरेको छ।
पूर्ण कागजात नभएकालाई रोक्ने कडाइ, भारतीय नागरिकलाई एनओसी बिना तेस्रो देश जान नदिने निर्णय तथा जागेश्वर शाह प्रकरणमा भएको त्रुटिपछि चासो थपिएको छ।
सुन तस्करी प्रकरणका ‘मोस्ट वान्टेड’ शाह कालोसूचीमा रहेर पनि विमानस्थलबाट उम्किएपछि अख्तियारले डेढ महिनादेखि अनुसन्धान थालेको थियो। गोप्य अपरेसन सुरु गरेको केही दिनमै सूचना चुहिएको, सहसचिव तीर्थराज भट्टराईको आकस्मिक सरुवा भएको र पछि नियन्त्रणमा लिइएको घटनाले गृह मन्त्रालयसमेत विवादमा तानिएको छ।








प्रतिकृया