स्पेन औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०८२ असार १२ गते, बिहीबार ०९:३९
असार १२ , २०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असार १६ देखि १९ गतेसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने कार्यक्रम रहेको छ।
स्पेनस्थित नेपाली राजदूत शनिल नेपालका अनुसार प्रधानमन्त्रीको भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको छ र नेपाली समुदाय उत्साहित छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनी समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने र सहयोग तथा सम्बन्ध विस्तार सम्बन्धी महत्त्वपूर्ण सहमति पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीले सम्मेलनका अतिरिक्त स्पेनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन् भने स्पेनी उद्योगी–व्यवसायीहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।








प्रतिकृया