प्रधानमन्त्री ओलीले पार्टीलाई बुझाए एक वर्षको लेबी
प्रकाशित मिति
२०८२ असार ११ गते, बुधबार ०५:०५
असार ११ , २०८२ काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एक वर्षको लेबी बुझाएका छन्। बुधबार एमाले केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर उनले उक्त रकम बुझाएका हुन्।
एमाले विधानअनुसार सांसदसहित लाभको पदमा रहेकाहरूले पार्टीलाई सदस्यता शुल्कसहित लेबी तिर्नुपर्ने प्रावधान छ। सोही अनुसार प्रधानमन्त्री ओलीले मासिक २५ हजारका दरले एक वर्षको लागि लेबी बुझाएका हुन्। केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार ओलीले कुल ३ लाख ३ हजार ६ सय रुपैयाँ पार्टीलाई बुझाएका छन्। यसमा मासिक २५ हजारका दरले एक वर्षको लेबी र सदस्यता शुल्कसमेत समावेश छ।
एमालेले प्रत्येक सदस्यबाट मासिक ३ सय रुपैयाँ सदस्यता शुल्क लिँदै आएको छ। ओलीले पनि सो शुल्कसहित पार्टीले तोकेको वित्तीय जिम्मेवारी पूरा गरेका हुन्। पार्टी अनुशासन र आर्थिक पारदर्शितामा नेताहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने भन्दै एमालेले विगत केही वर्षदेखि लेबी संकलन कडाइका साथ लागू गर्दै आएको छ।








प्रतिकृया