• २१ असोज २०८३, बुधबार
  • ५ः२४ बिहान

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक, यस्तो छ छलफलको विषय

प्रकाशित मिति

२०८२ असार ११ गते, बुधबार १२:३८

असार ११ , २०८२ काठमाडौं । शुक्रबारका लागि नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । एकीकृत समाजवादीले शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बोलाएको हो ।

National Life

प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले समसामयिक राजनीतिक घटनाक्रम, आगामी रणनीतिलगायत एजेन्डामा छलफल गर्न सचिवालय बैठक बोलाइएको जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा दर्ता गरेको भ्रष्टाचारको मुद्दासम्बन्धमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

प्रतिकृया