• १ असोज २०८३, बिहीबार
  • ३ः४७ राती

देशभर मनसुनी वर्षाको प्रभाव: आज भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ असार ११ गते, बुधबार ०९:२९

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसका कारण आज (बुधबार) दिनभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले बताएको छ। यस्तै, सबै प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ।

National Life

आज राति पनि कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, कर्णाली, र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी केही स्थानमा र बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति पनि कोशी, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, सबै प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना कायम छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस वर्षको मनसुन सक्रिय रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण सडक अवरुद्ध हुने वा बाढीको जोखिम बढ्न सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउनु महत्त्वपूर्ण छ।

प्रतिकृया