• २१ असोज २०८३, बुधबार
  • ५ः२७ बिहान

बजेट पारितका लागि एमालेको ह्वीप

प्रकाशित मिति

२०८२ असार ९ गते, सोमबार ०३:४५

असार ९ , २०८२ काठमाडौं ।  सत्तारुढ दल नेकपा (एमाले) ले आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक पारित गराउन आफ्ना सम्पूर्ण सांसदहरूलाई ह्वीप जारी गरेको छ।

National Life

प्रतिनिधिसभाको बैठक असार १० गते (मंगलबार) बस्दैछ, जसमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ। सोही सन्दर्भमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पार्टीका सबै सांसदलाई संसद बैठकमा अनिवार्य उपस्थिति जनाई विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया