• १६ असोज २०८३, शुक्रबार
  • ४ः३३ बेलुका

खल्ती र आइएमई पे लाई मर्जरमा जान राष्ट्र बैंकले दियो अनुमति

प्रकाशित मिति

२०८२ असार ५ गते, बिहीबार ०२:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइएमई पे र खल्तीबीच हुने मर्जरका लागि अन्तिम कारोबारको स्वीकृति प्रदान गरेको छ । आइएमई पे र खल्तीको एकीकृत कारोबार पश्चात् आधिकारिक रूपमा कम्पनीको नाम आइएमई खल्ती लिमिटेड रहने छ । यसको रजिस्टर्ड कार्यालय काठमाडौँ पानीपोखरीमा रहने छ । संयुक्त कारोबार पश्चात् अधिकाधिक रूपमा एपको नाम भने खल्ती नै रहने छ ।

National Life

नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी तिन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीव्र रूपमा चल्ने दुवै कम्पनीले संयुक्त रूपमा जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिका अनुसार दुवै एप आइएमई पे र खल्ती यथावत् रूपमा सञ्चालनमा रहने छन्। दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू, खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि उल्लेखित समयमा एकीकृत हुनेछन् ।

खल्ती र आइएमई पे दुबैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ । नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

संयुक्त कारोबार पश्चात् एपको नाम खल्ती भएपनि आइएमई पेमा भएका सबै फिचरहरू त्यहाँ समावेश हुनेछन् । अहिलेसम्म आइएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आबद्ध हुन सक्नेछन्। आइएमई पेमा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया