• ६ असोज २०८३, मंगलबार
  • २ः४२ दिउँसो

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ असार ४ गते, बुधबार १०:३७

असार ४, २०८२ काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार  छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

National Life

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६७ हजार ९५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ९ सय ७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया