• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

भिजिट भिसा प्रकरण र अध्यागमनमा भएका बेथितिबारे छानबिन मुख्य हो, गृहमन्त्रीको राजीनामा होइन: प्रचण्ड

प्रकाशित मिति

२०८२ जेष्ठ २९ गते, बिहीबार ०६:५२

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले भिजिट भिसा प्रकरण र अध्यागमनमा भएका बेथितिहरूको बारेमा गम्भीर अध्ययन तथा छानबिन गर्ने कुरा मुख्य हो, गृहमन्त्रीको राजीनामा मुख्य होइन भन्नेमा सबै प्रतिपक्षी दलहरू पुगेको बताएका छन्।

National Life

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच दुई बुँदे सहमति भएको र त्यसबारे रास्वपाले थप समय मागेको अवस्थामा अध्यक्ष प्रचण्डले बिहीबार साँझ संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै भिजिट भिसा र अध्यागमनको बेथिति अध्ययन र छानबिन मुख्य रहेको बताए।

‘यो भिजिट भिसा प्रकरण र अध्यागमनमा भएका बेथितिहरूको बारेमा गम्भीर अध्ययन तथा छानबिन गर्ने कुरा मुख्य हो, गृहमन्त्रीको राजीनामा मुख्य होइन भन्नेमा चाहिँ हामी सबै प्रतिपक्ष पुग्यौं,’ अध्यक्ष प्रचण्डले भने, ‘एक कदम हामी अघि बढ्यौं र छानबिनलगायत बारेमा लिखित सहमति गर्ने ठाउँतिर हामी गयौं।’ भिजिट भिसा प्रकरणबारे सत्तापक्षले अध्ययन तथा छानबिनको प्रतिबद्धता जनाएको पनि अध्यक्ष प्रचण्डले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

‘भिजिट भिसा प्रकरणमा अध्ययन र छानबिन गर्न आवश्यक संरचना बनाएर ठोस पहल लिने भन्ने सत्ता पक्षको प्रतिबद्धता आएपछि प्रतिपक्षको बीचमा सकारात्मक वातावरण बनेको छ। अझै पनि प्रतिपक्षका साथीहरूलाई अझै केही छलफल गर्न पाउनुपर्‍यो, हामी पनि सत्तापक्षसँग कुरा गर्न पाउनुपर्‍यो, सदन आज सुरू गरेर स्थगित गरौं भन्ने कुरा भयो,’ उनले भने, ‘भोलि चाहिँ यो टुंगिन्छ। रास्वपाका साथीहरूले समय माग्नुभयो।’

प्रतिकृया