• २१ असोज २०८३, बुधबार
  • ५ः५२ बिहान

अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना

प्रकाशित मिति

२०८२ जेष्ठ २९ गते, बिहीबार ०३:२४

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एक अन्तर्राष्ट्रिय उडानका लागि छुटेको एयर इन्डियाको विमान दुर्घटनामा परेको छ।

National Life

इन्डिया टुडेका अनुसार, बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको हो। उक्त विमान लन्डनका लागि उडान भरेको केही समयपछि नै दुर्घटनामा परेको जनाइएको छ।

विमानमा २४२ यात्रु सवार थिए। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहे पनि सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा घटनास्थलबाट बाक्लो कालो धुवाँ निस्किएको देखिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनापछि आपतकालीन सेवाहरू तत्काल परिचालन गरिएको छ। घटनास्थलमा सातवटा दमकलसहित उद्दार टोली पुगिसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। घटनाको कारण र क्षतिको विवरण आउन बाँकी छ।

प्रतिकृया