• १ असोज २०८३, बिहीबार
  • ८ः४६ राती

कुमारी बैंक र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रकाशित मिति

२०८२ जेष्ठ २८ गते, बुधबार ०८:५५

काठमाडौं – कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाण्डौं स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.(गुर्जुधारा ट्रायल सेन्टर) का बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

National Life

यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलो भर्‍यााङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परीक्षा (Trial)  सञ्चालन गराउँदै आएको गुर्जुधारा स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. (गुर्जुधारा ट्रायल सेन्टर) मा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्सहरूमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूको सुविधाको लागि विभिन्न क्षेत्रका व्यवसायीहरूसँग समन्वयन गरी छुट तथा किस्ताबन्दीका सुविधाहरू उपलब्ध गराउँदै आएको छ । बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया