• २१ जेठ २०८३, बिहीबार
  • २:१३ बेलुका

सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस, एक अझै खाली

प्रकाशित मिति

२०८२ जेष्ठ २७ गते, मंगलवार ०६:५१

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन् ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले उनीहरूलाई सिफारिस गरेको हो । परिषद्ले उनीहरूको नाम संसदीय सुनुवाइका लागि पठाइसकेको छ । संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन् ।

Kamana Sewa

सर्वोच्चमा ४ न्यायाधीश पद खाली भए पनि अहिले ३ जना मात्रै नियुक्तिका लागि सिफारिस भएका हुन्।

Classic Tech Desktop

प्रतिकृया