• २१ असोज २०८३, बुधबार
  • ५ः५८ बिहान

राष्ट्रियसभाबाट पानीजहाज सञ्चालनसम्बन्धी विधेयक पारित

प्रकाशित मिति

२०८२ जेष्ठ २६ गते, सोमबार ०४:५६

काठमाडौँ । राष्ट्रियसभाले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ। शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सभाले समर्थन गरेको हो।

National Life

विधेयक पारित गर्नु अघि ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरिएको थियो।

छलफलका क्रममा सांसद सुरेशकुमार आले मगर, रुक्मिणी कोइराला, तारामान स्वाँर, डा. बेदुराम भुसाल र विष्णुबहादुर विश्वकर्माले आ–आफ्ना धारणा राखेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री दाहालले उक्त विधेयकले आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न कानुनी आधार तयार गर्ने विश्वास व्यक्त गरे । साथै, यसले नेपालको पहुँच समुद्रसम्म पुर्‍याउन मद्दत गर्ने अपेक्षा पनि उहाँले व्यक्त गरे।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ ३० गते शुक्रबार अपराह्न १:१५ बजे बस्नेछ।

प्रतिकृया