• २१ असोज २०८३, बुधबार
  • ६ः०७ बिहान

संसद् अवरोध हटाउने छलफल निष्कर्षविहीन, सभामुखको असन्तुष्टि

प्रकाशित मिति

२०८२ जेष्ठ २५ गते, आईतवार १२:३०

काठमाडौं । संसद् अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकहरूसँग गरेको छलफल निष्कर्षविहीन बनेको छ।

National Life

आइतबार सिंहदरबारमा सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका महेशकुमार बर्तौला र माओवादी केन्द्रका हितराज पाण्डेसँग छलफल गरेका थिए।

छलफलमा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलले आ–आफ्नो अडान दोहोर्‍याउँदा सहमति जुट्न सकेन। सत्ता पक्षले गृहमन्त्री रमेश लखनमाथि छानबिन र राजीनामाको विपक्षी माग अस्वीकार गरे भने माओवादी केन्द्रले छानबिनमा अडान दोहोर्‍यायो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको भूमिका स्पष्ट नभएसम्म संसद् चल्न नसक्ने धारणा राखे। यद्यपि, उनले आजै विपक्षी दलहरूको आन्तरिक बैठक हुने भएकाले थप धारणा पछि आउने बताए।

सभामुख घिमिरेले भने पटक–पटक संसद् बैठक स्थगित गरिए पनि राजनीतिक सहमति नजुटेकोमा असन्तुष्टि जनाए। संसद् अवरोधका कारण बजेटमाथि छलफल सुरु हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक मर्यादा र व्यवहारिकता दुवै ध्यान दिन आग्रह गरे।

प्रतिकृया