• २१ असोज २०८३, बुधबार
  • ६ः०७ बिहान

अवरुद्ध कान्ति लोकपथ पूर्ण सञ्चालनमा

प्रकाशित मिति

२०८२ जेष्ठ २५ गते, आईतवार ०१:१०

काठमाडौं । हेटौंडा र काठमाडौं जोड्ने वैकल्पिक मार्ग, कान्ति लोकपथ आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमानामा पर्ने बगुवा खोलामा बेलिब्रिज जडान कार्य सम्पन्न भएसँगै अवरुद्ध सडक खुलेको हो ।

National Life

बिहान १०ः४० बजेबाट सवारी साधनका लागि बाटो पूर्ण रूपमा खोलिएको जनाएको छ । गएको असोज दोस्रो साता परेको अविरल बर्षाका कारण बागमतीमा ठूलो बाढी आउँदा यहाँको पक्की पुल बगेको थियो। त्यसपछि डाइभर्सन बनाएर सवारी साधन सञ्चानल गरिएको थियो। तर, सानो बाढीले पनि सडक अवरुद्ध हुन थालेपछि यहाँ बेलिब्रिज निर्माण गरिएको हो । बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दरीको वैकल्पिक मार्ग कान्ति लोकपथ विगत केही सातायता पटक–पटक अवरुद्ध हुँदै आएको थियो।

बर्खा सुरु हुनै लाग्दा सवारी सञ्चालनमा समस्या सिर्जना भएपछि कान्ति लोकपथ सडक आयोजनाले यही जेठ २१ देखि २४ जेठसम्म सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरी बेलिब्रिज जडानको काम अघि बढाइएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया