• ४ साउन २०८३, सोमबार
  • २:२७ बिहान

नागढुंगाबाट ४५ लाख बढीको अवैध सुनसहित एक भारतिय पक्राउ

प्रकाशित मिति

२०८२ जेष्ठ २३ गते, शुक्रबार ०१:२३

काठमाडौं । नागढुंगाबाट प्रहरीले ४५ लाख बढीको अवैध सुनसहित एक भारतियलाई पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३–००१ ख ३१३९ नम्बरको बसमा अवैध सुसुनसहित एक जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्त छन्। उनलाई प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो। । काँकडभिट्टाबाट काठमाडौं आउने क्रममा उनीबाट २७४.८३ ग्राम अवैध सुन बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त सुनको बजार मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ हुन आउँछ। पक्राउ परेका उनलाई सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाईएको जनाएको छ ।

Kamana Sewa

प्रतिकृया