• ८ असोज २०८३, बिहीबार
  • १२ः४४ राती

विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न प्रतिबद्ध छु: अर्थमन्त्री

प्रकाशित मिति

२०८२ जेष्ठ २१ गते, बुधबार १२:५८

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘पूर्वाधारमा बजेट कार्यान्वयन’ विषयको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

National Life

उनले बजेटको विश्वसनीयता कायम राख्दै वित्तीय अनुशासनलाई कडाईका साथ पालना गरिने बताए । अर्थमन्त्री पौडेलले विगतमा पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकेको स्वीकार गर्दै चालु आर्थिक वर्षमा यसमा सुधार ल्याउने दृढता समेत व्यक्त गरे ।

प्रतिकृया