• २१ असोज २०८३, बुधबार
  • ६ः३१ बिहान

‘इन ड्राइभ’ चालकले बढी भाडा असुलेपछि आठ जना कारबाहीमा

प्रकाशित मिति

२०८२ जेष्ठ १९ गते, सोमबार १०:५०

काठमाडौँ । यात्रुसँग बढी भाडा असुलेको आरोपमा कास्की प्रहरीले ‘इन ड्राइभ’ सेवाका आठ जना चालकलाई कारबाही गरेको छ।

National Life

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार यात्रुहरूको गुनासोका आधारमा खटिएको प्रहरी टोलीले पोखराका विभिन्न स्थानबाट आठवटा सवारी साधनसहित ती चालकहरूलाई नियन्त्रणमा लिएको हो।

प्रवक्ता डीएसपी हरी बहादुर बस्नेतका अनुसार उनीहरूलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार जरिवाना गरिएपछि छाडिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

गण्डकी प्रदेशमा सार्वजनिक सवारी साधन नचलिरहेका बेला निजी सवारी तथा राइड सेयरिङ सेवाको प्रयोग बढेको छ। सार्वजनिक यातायात व्यवसायीहरूले राइड सेयरिङविरुद्ध देशव्यापी चक्काजाम गर्दै आएका छन्। बन्दका कारण यात्रुहरू वैकल्पिक सेवातर्फ आकर्षित भएका छन्, तर त्यही मौकामा इन ड्राइभजस्ता सेवाले तोकिएको भन्दा बढी भाडा असुलिरहेको यात्रुहरूको गुनासो आएको छ।


प्रतिकृया