• १ असोज २०८३, बिहीबार
  • २ः०३ दिउँसो

माग पुरा नभए सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा

प्रकाशित मिति

२०८२ जेष्ठ १८ गते, आईतवार ०५:५१

काठमाडौं। सार्वजनिक यातायात व्यवसायीहरूले भोलिदेखि देशभर सवारीसाधन थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन्। गण्डकी प्रदेश सरकारले जारी गरेको नयाँ नियमावलीले राइड सेयरिङका नाममा निजी सवारीसाधनलाई यात्रु ओसारपसारमा प्रयोग गर्न दिने निर्णयविरुद्ध व्यवसायीहरू आन्दोलित भएका हुन्।

National Life

सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन्।

प्रतिकृया