• १ असोज २०८३, बिहीबार
  • १२ः४८ दिउँसो

गणतन्त्रविरुद्ध भोलिदेखि ‘खास लडाइँ’ सुरु हुने राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

प्रकाशित मिति

२०८२ जेष्ठ १८ गते, आईतवार ०५:३८

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रविरुद्धको आन्दोलन अब निर्णायक चरणमा प्रवेश गर्ने चेतावनी दिएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भोलिदेखि ‘खास लडाइँ’ सुरु हुने घोषणा गरेका हुन्।

National Life

यो अभिव्यक्ति राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि आएको हो। थापा लगायत केही राजावादी कार्यकर्तालाई प्रदर्शनको क्रममा पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै लिङ्देनले सरकारलाई चेतावनी दिएका छन्।

लिङ्देनले भने, “कमल थापा लगायतलाई पक्राउ गरिएको सुनेको छु। नेपाल सरकार, गृहमन्त्री र प्रहरी प्रमुखलाई भद्रतापूर्वक अनुरोध छ—कमल थापालाई यहीँ ल्याइदिनुस्। होइन भने हामी देशभरबाट साथीभाइ बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ।”

Classic Tech Mobile
Classic Tech Desktop

उनले आन्दोलन अब केवल एक ठाउँमा सीमित नरहने भन्दै ५० स्थानबाट एकैपटक सुरु हुने चेतावनी पनि दिए।

लिङ्देनले हालको गणतन्त्र प्रणालीलाई ‘लुटतन्त्र’को संज्ञा दिँदै भने, “अब एक एक जना होइन, सिंगै परिवार लिएर सडकमा उत्रिन्छौं।”
उनले सरकारविरुद्ध देशव्यापी आन्दोलन चर्काउने संकेत दिँदै गणतन्त्र ढाल्ने अन्तिम संघर्षको तयारीमा रहेको बताए।

राजावादीहरूले देशभर जारी राखेको आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिँदै लिङ्देनले भने, “यो गणतन्त्र ढिलोचाँडो ढालिन्छ। प्रधानमन्त्री र गणतन्त्रवादीहरूलाई भन्न चाहन्छु—गइसकेको राजतन्त्र कसरी फर्किन्छ भन्नुहुन्छरु हामी देखाउँछौं।”

राप्रपाका अध्यक्षको आक्रामक अभिव्यक्ति पछिल्लो समय राजसंस्थाको पुनःस्थापनाको मागसहित चर्किंदै गएको आन्दोलनलाई थप बल पुग्ने संकेतको रूपमा लिइएको छ।

प्रतिकृया