• २१ असोज २०८३, बुधबार
  • ६ः३१ बिहान

ओलीको दाबी: ‘राष्ट्रिय हितलाई प्राथमिकता दिए एमालेको एकल बहुमत सुनिश्चित’

प्रकाशित मिति

२०८२ जेष्ठ १७ गते, शनिबार ०४:०३

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकांक्षाभन्दा राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपालको लक्ष्यलाई प्राथमिकता दिएर अघि बढे एमालेले आगामी निर्वाचनमा एकल बहुमत प्राप्त गर्ने दाबी गरेका छन्।

National Life

शनिबार काठमाडौंमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा एमालेलाई विभाजन गराउने प्रयास भए पनि अहिले पार्टी सुदृढ बनेको बताए।

‘विभाजनपछि पनि हामी लोकप्रिय पार्टी बन्न सफल भएका छौँ,’ ओलीले भने, ‘आज एमालेलाई समाप्त पार्ने, भित्तामा टाँसिदिने भन्ने कसैको हैसियत छैन। हामी अब “मिशन २०८४” तर्फ अघि बढिसकेका छौँ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले देशभित्र र बाहिर रहेका विभिन्न स्वार्थ समूहहरूले मोर्चाबन्दी गरेर एमालेमाथि हमला गरे पनि पार्टीले ती सबै चुनौतीलाई पार गर्दै जनताको विश्वास पुनः प्राप्त गरेको बताए।

प्रधानमन्त्री ओलीले बुद्धिजीवी वर्गको भूमिकालाई विशेष महत्व दिँदै देश संक्रमणकालीन अवस्थामा रहेको र अहिलेको राजनीतिक परिस्थिति सुधार गर्न बुद्धिजीवीहरूको सक्रियता आवश्यक रहेको उल्लेख गरे। उनले देशलाई सही दिशामा लैजान सबै तहबाट योगदान आवश्यक रहेको समेत बताए।

प्रतिकृया