• २१ असोज २०८३, बुधबार
  • ६ः३० बिहान

फेरि बढ्यो अण्डाको मूल्य

प्रकाशित मिति

२०८२ जेष्ठ १७ गते, शनिबार ०८:२४

काठमाडौं । लामो समयदेखि लागत मूल्यभन्दा कम मूल्यमा अण्डा बेच्दै आएका कुखुरा पालक किसानले पछिल्लो अण्डाको मूल्यवृद्धिलाई केहि राहत पाएका छन् । अत्यधिक गर्मीका कारण उत्पादन घटेपछि बजारमा माग बढ्दै गएर अण्डाको मूल्यमा सुधार आएको हो।

National Life

नेपाल लेयर्स कुखुरा पालक सङ्घले शनिबारदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य सार्वजनिक गरेको छ। नयाँ मूल्य अनुसार एक्सएल साइजको अण्डा प्रति क्रेट ४८० रुपैयाँ, ठूलो साइज ४६५ रुपैयाँ र मझौला साइज ४३५ रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो मूल्यभन्दा प्रति क्रेट १५ रुपैयाँले मूल्य बढाइएको हो।

सङ्घका अनुसार नयाँ मूल्य अनुसार किसानले प्रतिगोटा अण्डाको मूल्य १५ रुपैयाँ ५ पैसा पाउनेछन्। गर्मीको असरले कुखुराको दानामा रुचि घटेर अण्डा उत्पादन २५ प्रतिशतसम्मले घट्ने गरेको जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया