• २१ असोज २०८३, बुधबार
  • ६ः३१ बिहान

डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी

प्रकाशित मिति

२०८२ जेष्ठ १६ गते, शुक्रबार ०१:४२

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले नेपाली फिल्म क्षेत्रकी उदाउँदी अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ।

National Life

भैंसेपाटीस्थित डिशहोमको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा डिशहोम इन्टरनेटका मुख्य बजार अधिकृत संजय प्रसाद राजभण्डारी र अभिनेत्री रायमाझीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

डिशहोम इन्टरनेटले रायमाझीको ताजगीपूर्ण छवि, युवाबीचको लोकप्रियता र डिजिटल यात्राप्रतिको सरोकारलाई आफ्ना मूल्य र ब्रान्ड दृष्टिकोणसँग मेल खाने भन्दै उनीसँग सहकार्य गरेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

डिशहोम इन्टरनेटका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, “हामी डिजिटल कनेक्टिभिटीलाई केवल प्रविधिमा सीमित नराखी, यो पुस्ताको प्रेरणासँग पनि जोड्ने प्रयासमा छौं। दिव्या रायमाझी युवाको आत्मविश्वास, आवाज र डिजिटल भविष्यको प्रतीक हुन्।”

अभिनेत्री रायमाझीले डिशहोमसँगको सहकार्यलाई महत्वपूर्ण अवसरका रूपमा लिँदै भनिन्, “डिशहोम इन्टरनेट जस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु गौरवको कुरा हो। यो सहकार्य लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात पनि हो।”

हाल डिशहोम इन्टरनेटले ३ लाख ५० हजारभन्दा बढी ग्राहकलाई उच्चगतिको इन्टरनेट सेवा दिइरहेको छ। कम्पनीले “माई डिशहोम” मोबाइल एपमार्फत ग्राहक सेवा स्मार्ट र सहज बनाउँदै आएको छ।

यस सहकार्यबाट डिशहोम इन्टरनेटले युवा पुस्तासँगको सम्बन्ध सुदृढ गर्ने र डिजिटल पहुँचलाई जनस्तरसम्म पुर्‍याउने दीर्घकालीन लक्ष्यलाई थप मजबुत बनाउने विश्वास लिएको छ।

प्रतिकृया