• २१ असोज २०८३, बुधबार
  • ६ः३९ बिहान

एमालेको उत्सव नसकिँदै रत्नपार्कमा पुग्यो राजावादीको विरोध र्‍याली

प्रकाशित मिति

२०८२ जेष्ठ १५ गते, बिहीबार ०२:४०

काठमाडौं । आज रत्नपार्कमा एमालेले गणतन्त्रको उत्सव मनाइरहँदा राजावादीको र्‍यालीपनि पुगेको छ। त्यहाँ केहीबेर दुई समूहबिच घम्साघम्सी चलेको छ। तर बाक्लो रुपमा सुरक्षाकर्मी खटिएकाले झडप हुन पाएको छैन।

National Life

प्रहरी दुई समूहलाई भेट हुन दिएको छैन। एमालेले गणतन्त्रको पक्षमा उत्सव मनाउने र राजावादीले अहिलेको व्यवस्थाविरोधमा एकै स्थानमा कार्यक्रम गरेका हुन्।

तर प्रशासनले उनीहरूसँग समन्वय गरेर छुट्टा छुट्टै समय तोकेको थियो। एमालेलाई २ बजेसम्ममा कार्यक्रम सक्न भनिएको थियो। राजावादीको कार्यक्रम साढे २ बजे मात्रै रत्नपार्क पुग्ने गरी समन्वय गरिएको थियो। तर एमालेको कार्यक्रम २ बजेसम्म पनि सकिएको छैन भने राजावादीहरू २ नबज्दै रत्नपार्क आसपास पुगिसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

एमालेको कार्यक्रम सकिएपछि अहिले राजावादीहरू शान्तिबाटीकामा भेला भएको काठमाडौँ प्रहरी परिसरका प्रहरी प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।

प्रतिकृया