• २१ असोज २०८३, बुधबार
  • ६ः३९ बिहान

नेपालमा गणतन्त्र स्थापनाको १८ वर्ष पूरा, आज गणतन्त्र दिवस मनाइँदै

प्रकाशित मिति

२०८२ जेष्ठ १५ गते, बिहीबार ०७:३१

काठमाडौं ।नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको १८ वर्ष पूरा भएको अवसरमा आज देशभर विविध कार्यक्रमहरू गरी गणतन्त्र दिवस मनाइँदैछ। वि.सं.२०६५ साल जेठ १५ गते पहिलो संविधानसभाको बैठकले २४० वर्ष पुरानो निरङ्कुश राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरेको थियो।

National Life

तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा (माओवादी) को सशस्त्र विद्रोहको संयुक्त उपलब्धिका रूपमा स्थापित गणतन्त्रले नेपाली जनतालाई नागरिक सर्वोच्चता, समावेशीता, सामाजिक न्याय र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने लक्ष्य राखेको छ।

गणतन्त्र दिवसलाई वंशीय शासन व्यवस्थामाथि जनताको विजयको उत्सवका रूपमा पनि हेरिन्छ। यस दिन नेपाली जनताले लोकतान्त्रिक शासन पद्धति अपनाउँदै शासकीय संरचना परिवर्तनको ऐतिहासिक कदम चालेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

संघीय लोकतान्त्रिक गणतन्त्रले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सार्वजनिक सेवा तथा गरिबी निवारण जस्ता जनजीविकाका क्षेत्रमा नागरिकको अधिकार सुनिश्चित गर्दै नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा उचो पार्ने दिशामा अग्रसर हुनुपर्ने चुनौती र अवसर दुबै बोकेको छ।

राजनीतिक व्यवस्था मात्र नभई जीवनशैलीको रूपमा गणतन्त्रलाई आत्मसात् गर्नु आवश्यक भएको विज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार, जनअपेक्षा र जनभावनाअनुरूप शासन सञ्चालन गर्नु नै गणतान्त्रिक व्यवस्थाको मूल मर्म हो।

लोकतान्त्रिक गणतन्त्रलाई विश्वका सबैभन्दा उत्कृष्ट शासन प्रणालीमध्ये एक मानिन्छ। यसले राष्ट्रको समृद्धि र जनताको जीवनस्तरमा सुधार ल्याउने बलियो आधार निर्माण गरेको छ।

प्रतिकृया