• २१ असोज २०८३, बुधबार
  • ६ः३९ बिहान

प्रधानमन्त्री ओलीले दिए गणतन्त्र दिवसको शुभकामना

प्रकाशित मिति

२०८२ जेष्ठ १५ गते, बिहीबार ०७:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

National Life

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आजको दिन शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन भएको स्मरण गरेका छन् ।

उनले लेखेका छन्– ‘मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन, गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना, जय–जय–जय नेपाल !’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया