• २१ असोज २०८३, बुधबार
  • ६ः३९ बिहान

न्युजिल्याण्डका उपप्रधानमन्त्री आइपुगे काठमाडौं

प्रकाशित मिति

२०८२ जेष्ठ १४ गते, बुधबार ०२:१४

काठमाडौं । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेको छन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका छन् ।

National Life

नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । साथै, परराष्ट्रमन्त्री डा। आरुजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन हुने र उहाँको सम्मानमा परराष्ट्रमन्त्री डा.राणाले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्सको यो पहिलो नेपाल भ्रमण हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया