रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज आदेश आउने सम्भावना
प्रकाशित मिति
२०८२ जेष्ठ ९ गते, शुक्रबार १०:४८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतबाट आजै आदेश आउने सम्भावना देखिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा जारी सुनुवाइ शुक्रबार पनि निरन्तरता पाएको छ। मंगलबारदेखि सुरु भएको सुनुवाइ लगातार ‘हेर्दाहेर्दै’मा राखिँदै आएको थियो।
मंगलबार रविका तर्फबाट १० जना वकिलले बहस गरेका थिए भने बिहीबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठको बहसपछि उक्त पक्षको तर्फबाट बहस सकिएको हो।
त्यसपछि सरकारी वकिलका तर्फबाट चार जनाले बहस प्रस्तुत गरे। अब जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीसहित तीन जना वकिलले अन्तिम बहस गर्ने जानकारी इजलासलाई दिइएको छ।
यदि आज सबै पक्षको बहस सकिन्छ भने, अदालतले आजै आदेश सुनाउने सम्भावना छ।








प्रतिकृया