• २१ असोज २०८३, बुधबार
  • ६ः४८ बिहान

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ जेष्ठ ९ गते, शुक्रबार ११:००

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुनको मूल्य एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

National Life

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६३ हजार २३६ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय १९ रुपैयाँ कायम भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया