• २१ जेठ २०८३, बिहीबार
  • १:२१ बेलुका

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउँछ – देउवा

प्रकाशित मिति

२०८२ बैशाख १५ गते, सोमबार ०२:५६

वैशाख १५, २०८२ काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामि आर्थिक वर्ष ०८२–०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने बताए ।

Kamana Sewa

‘व्यापारीले व्यापार गर्ने हो, उद्योगपतिले उद्योग खोल्ने हो । सरकारले व्यापार उद्योग गर्ने होइन । त्यसकारण निजी संस्थान हुनुपर्छ भन्ने मान्यता नेपाली कांग्रेसको रहेको छ । मलाई विश्वास छ । आर्थिक वर्ष ०८२–०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ । आर्थिक क्षेत्रलाई थप चलायमान गराउनेछ भन्ने मैले विश्वास लिएको छु ।’ सभापति देउवाले भने ।

Classic Tech Desktop

shivam cement
सभापति देउवाले निजी क्षेत्रसँगको संवादबाट आगामी आर्थिक वर्षको बजेट राम्रो बनाउन मद्दत पुग्ने समेत बताएका छन् ।

प्रतिकृया