• २६ भदौ २०८३, शुक्रबार
  • ३ः५२ राती

बार एसोसिएसनमा कांग्रेस-एमाले गठबन्धनका मिश्रको समूह नै विजयी

प्रकाशित मिति

२०८१ चैत्र २८ गते, बिहीबार ०२:०९

काठमाडौँ । नेपाल बार एसोसिएसनमा प्रा. डा, विजयप्रसाद मिश्रको प्यानलनै विजयी भएको छ ।

National Life

अध्यक्षमा मिश्रले ५ हजार ५२ मत पाएका छन् भने उनका निकटतम प्रतिष्पर्धी रमण श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेका छन् । मिश्र २ हजार ४३१ मतान्तरले विजयी भएका हुन् । मिश्र कांग्रेस, एमालेसहितको बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट उम्मेदवार बनेका हुन् । त्यस्तै श्रेष्ठ भने माओवादी केन्द्रसहितको व्यावसायिक कानुन व्यवसायी समूहबाट उम्मेदवार बनेका थिए ।

यस्तै महासचिवमा वरिष्ठ अधिवक्ता केदार कोइरालाले ४ हजार ८७४ मत पाएका छन् भने यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत प्राप्त गरेका छन् । त्यस्तै बारमा २५ सदस्यीय कार्यसमितिमा मिश्र प्यानलनै विजयी भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको प्रतिस्पर्धा रहेको थियो ।

प्रतिकृया