• २३ भदौ २०८३, मंगलबार
  • २ः२५ राती

चार देशीय टी-२० सिरिजमा आज नेपाल र कुवेत खेल्दै

प्रकाशित मिति

२०८१ चैत्र २८ गते, बिहीबार ०९:२०

चैत्र २८, २०८१ काठमाडौँ: नेपालले हङकङमा जारी चार देशीय टी-२० सिरिज अन्तर्गत आज कुवेतविरुद्ध खेल्दै छ । हङकङस्थित मिसन रोड गराउन्डमा हुने यो खेल नेपाल इसम्य अनुसार बिहान ६: ४५ बजेदेखि शुरु हुने छ ।

National Life

नेपालले यस सिरिजको पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

यो सिरिजमा आयोजक हङकङसहित नेपाल, कतार र कुवेत रहेकाछन् । यस सिरिजका लागि रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, वसिर अहमद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, कुशल मल्ल र शहाब आलम खेलाडी हङकङ पुगेका छन ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालले आज वेतसँग, अप्रिल १२ मा हङकङसँग खेल्ने तालिका रहेको छ । त्यस्तै अप्रिल १३ मा तृतीय स्थान र फाइनल हुने तालिका रहेको छ ।

प्रतिकृया