• ५ साउन २०८३, मंगलबार
  • ५:४७ बेलुका

शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन

प्रकाशित मिति

२०८१ चैत्र १९ गते, मंगलवार ०१:१४

चैत्र १९, २०८१ काठमाडौँ: शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले राप्रपाका सांसद दीपक बोहराको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेसँगै चालु अधिवेशन अन्त्य भएको हो । मंगलबार राति १२ बजेबाट हिउँदै अधिवेशन अन्त्य हुँदै छ ।

कोरोनापछि बोहराको घाँटीमा समस्या आएको थियो । ७४ वर्षको उमेरमा निधन भएको हो । बोहरा ०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।

Kamana Sewa

बोहरा ०३८ सालमा पञ्चायती व्यवस्थामा पहिलोपटक बालिग मताधिकारका आधारमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा रूपन्देहीबाट सदस्य निर्वाचित भएका थिए । उनी ०४३ मा पनि रूपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।

Classic Tech Desktop

उनी ०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनमा रूपन्देही–२ बाट निर्वाचित भएका थिए । ०३८ सालमा पहिलोपल्ट सहायक मन्त्री बनेका थिए । त्यसपछि राज्यमन्त्री हुँदै मन्त्री बनेका थिए । उनी ०४०, ०४३, ०४४, ०६७, ०७२, ०७३ र ०७४ मा मन्त्री बने ।

प्रतिकृया