• ८ असोज २०८३, बिहीबार
  • ६ः२४ बेलुका

त्रिभुवन विमानस्थलमा थप २ सय सीसी क्यामरा जडान गरिने

प्रकाशित मिति

२०७६ भाद्र ३१ गते, मंगलवार ०४:४१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन दुई सय वटा सीसी क्यामरा जडान गरिने भएको छ। यात्रुको लगेज सुरक्षादेखि अपराधिक कृयाकलाप नियन्त्रणका लागि थप सीसी क्यामरा जडान गर्न लागिएको हो ।

National Life

सुरक्षासँगै नेपाल भ्रमण वर्ष २०२० लक्षित विमानस्थलको पूर्वाधार विस्तारको काम अगाडि बढाइसकिएको र सीसी क्यामरा प्रयोगमा आएपछि निकट भविष्यमा विमानस्थलमा आइपर्ने यात्रु सुरक्षासँगै ब्यागेज सुरक्षा समस्या शून्य प्रतिशतमा झार्ने विमानस्थलले बताएको छ । हाल सम्म विमानस्थलमा ३ सय ४५ सीसी क्यामरा प्रयोगमा छ र थप २ सय सीसी क्यामरा थपिने भएको छ ।

प्रतिकृया