• ४ साउन २०८३, सोमबार
  • ८:११ बेलुका

वर्षामा कपालको स्याहार यसरी गरौँ

प्रकाशित मिति

२०७६ भाद्र ३१ गते, मंगलवार ०४:२३

भक्तपुर, कपाल नारीको सुन्दरताको महत्वपुर्ण भाग हो जसलाई समय–समयमा कपालको स्याहारका लागि विभिन्न सेम्पो, हेयर कलर, हेयर ट्रिटमेन्ट क्रिमहरु प्रयोग गर्ने गर्छो तर वर्षाको मौसममा कपालको विशेष ध्यान दिनु पर्छ ।

१) वर्षाको पानी प्रदूषणयुक्त हुने भएकोले कपाल भिजे तुरुन्तै माइल्ड खालको स्याम्पुले ह्यान्डवास गर्नुपर्छ । हेयर कलर प्रयोग गर्नुहुन्छ भने त्यसबाट केशको रंग र टेक्सचर दुवै प्रभावित हुन्छ।

Kamana Sewa

२) यो मौसममा प्रदूषणका कारण कपालमा मिनरल्स जम्मा हुन्छ र कपाल कमजोर हुन्छ । पसिनाका कारण कतिपय मानिसको शिरमा फंगल इन्फेक्सन हुन्छ । जुन डेन्ड्रफको सबैभन्दा ठूलो कारण बन्छ । त्यसैले यो मौसममा हरेक दोस्रो दिन कुनै राम्रो गुणस्तरको एन्टी डेन्ड्रफ स्याम्पुले केश धुनुपर्छ ।

Classic Tech Desktop

३) मेथीको दाना तथा निमको पात पिसेर त्यसमा प्याजको रस मिसाई केशमा प्रयोग गरेर स्याम्पु गर्दा डेन्ड्रफबाट राहत प्राप्त हुन्छ । शिरको छालाको इन्फेक्सन र डेन्ड्रफबाट जोगिन आफ्नो काइँयो, रुमाल र तकिया अलग राख्नुपर्छ र ती कुराको सफाइमा समेत विशेष ध्यान पुर्याउनुपर्छ ।

४) कपाल धुँदा यी तीन कुरा पनि राम्रो एन्टिसेप्टिक घोलमा आधा घन्टा डुबाएर राखेपछि घाममा सुकाएर प्रयोग गर्नुपर्छ । केशलाई घाम एवं प्रदूषणबाट जोगाउन घरबाहिर घाम–पानीमा निस्कदा छाता ओढ्नुपर्छ

प्रतिकृया