• ५ साउन २०८३, मंगलबार
  • ९:०० बिहान

नेपालमा लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

प्रकाशित मिति

२०७६ भाद्र ३१ गते, मंगलवार ०४:०५

काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल लगानीको लागि उत्तम देश भएको बताउनुभएको छ । मंगलबार पूर्वसांसद मञ्चद्धारा आयोजित कार्यक्रममा नेपालमा लगानीको प्रतिफल सुनिश्चित रहेको उहाँले बताउनु भएको हो । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा लगानी गर्न अन्तर्रा्ष्ट्रिय लगानीकर्तालाई आह्वान गर्नुभयो ।

नेपालको साँस्कृतिक र प्राकृतिक विविधतालाई सदुपयोग गर्दै पर्यटन र उद्योग क्षेत्रमा लगानी गरेर नाफा कमाउन सकिने मन्त्री ज्ञवालीले बताउनुभयो । नेपालमा राजनीतिक स्थीरता भएकाले लगानी र प्रतिफलको वातावरण बनेको उहाँको भनाइ छ ।

Kamana Sewa

परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ‘भारत र चीन जस्ता ठूला देशहरुको बीचमा नेपाल छ । नेपालमा उत्पादित वस्तुको बजार चीन र भारत पनि हो । त्यसकारण नेपालमा लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।’ कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साईगो, अमेरिकी र भारतीय दूतावासका प्रतिनिधिलगायत सहभागी रहनु भएको छ ।

Classic Tech Desktop

प्रतिकृया