• २४ भदौ २०८३, बुधबार
  • ७ः१० बेलुका

कुलमानको अवमूल्यन हुने गरी कुनै पनि निर्णय नगर्न तामाङ राष्ट्रिय मुक्ति मोर्चाको चेतावनी

प्रकाशित मिति

२०८१ फाल्गुन २७ गते, मंगलवार ११:२०

फाल्गुण २७, २०८१ काठमाडौँ: तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अवमूल्यन हुने गरी कुनै पनि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

National Life

सोमबार एक विज्ञप्ति जारी गर्दै मोर्चाले कुलमानको अवमूल्यन हुनेगरी सरकारले कुनै पनि निर्णय गरेको खण्डमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा निर्णायक आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी छ ।

‘नेपाल विद्युत प्राधिकरण घाटामा गएकोमा पछिल्लो ६ महिनामा १२ अर्बभन्दा बढी मुनाफामा पु¥याउन सफल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियोजित र गैरन्यायिक ढंगले कार्य सम्पादनमा शुन्य अंक दिई कार्यक्षमतामा प्रश्न उठाई पटक पटक मन्त्रीले स्पष्टीकरण लिनु आफँैमा हास्यास्पद हो’ विज्ञप्तिमा भनिएको छ, ‘कार्यकारी निर्देशक घिसिङको अवमूल्यन हुनेगरी कुनै पनि निर्णय नगर्नका लागि हाम्रो मोर्चा सरकारको ध्यानकर्षण गराउँदछौँ, यदि प्रतिशोधपूर्ण ढंडले कारबाही पदमुक्त वा अन्य कुनै पनि प्रक्रिया अगाडि बढाएको खण्डमा हाम्रो मोर्चा निर्णायक सडक आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

मोर्चाले ऊर्जामन्त्री दिपक खड्काले भ्रष्टचार र कमिसन असुल्न नपाएकोमा घिसिङमाथि प्रतिशोध साँध्न खोजेको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘दलाल विचौलियाहरुले शासन गर्न खोज्ने र त्यसैबाट परिणाम खोज्ने शासक जनताको असली प्रतिनिधि हुन सक्दैन र त्यस्तो प्रवृत्तिको जति निन्दा गरे पनि कम हुने हुन्छ ।’

मोर्चाका अध्यक्ष डिल्लीमान तामाङले आफूहरुको चेतावनीलाई कमजोर सोचेर राज्यले कुलमानमाथि प्रतिशोधपूर्ण कारबाही गरिए मोर्चा सडक आन्दोलनमा जाने प्रष्ट पारे ।

प्रतिकृया