• २२ भदौ २०८३, सोमबार
  • ४ः१० बिहान

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना

प्रकाशित मिति

२०८१ फाल्गुन २७ गते, मंगलवार ०७:०१

फाल्गुण २७, २०८१ काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Classic Tech Desktop

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया