• १७ भदौ २०८३, बुधबार
  • ५ः५७ बेलुका

सांसद बस्नेतलाई ‘शिखर राजनीतिक व्यक्तित्व वर्ष सम्मान २०७६’ प्रदान

प्रकाशित मिति

२०७६ भाद्र ३१ गते, मंगलवार ०८:३७

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत ‘शिखर राजनैतिक व्यक्तित्व वर्ष सम्मान २०७६’द्वारा सम्मानित हुनुभएको छ । शिखर नेपालको आयोजनामा नेपालमा पहिलो पटक भएको राष्ट्रिय शिखर कृषक अवार्ड २०७६ द्वारा उहाँलाई राजनैतिक शिखर व्यक्तित्वको रुपमा सम्मान गरिएको हो । नेपालकै सवैभन्दा कलिलो उमेरमा वि.सं. २०५४ सालको स्थानीय चुनावमा भक्तपुर जिल्लाको गुण्डुबाट गाविस अध्यक्षमा निर्वा्चित हुनुभएका सांसद बस्नेतले गाविस अध्यक्ष हुँदै तत्कालिन नेकपा एमाले निकट युवा संघ नेपालको अध्यक्ष हुँदै वर्तमान समयसम्ममा देशको लागि खेल्नुभएको भूमिका अतुलनिय रहेको बताउँदै उक्त सम्मान दिइएको हो ।

Kamana Sewa

हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने कुरालाई आत्मसात् गर्दै सांसद बस्नेतले देश र जनता प्रति गर्नुभएको अतुलनिय योगदान नै उहाँको व्यक्तित्व भएको बताइएको छ । उहाँको यही व्यक्तित्व कै कारण उहाँले पूर्वउद्योगमन्त्रीको समेत जिम्मेवारी सफलतापूर्व सम्पन्न गर्नुभएको छ । उहाँले युवा संघको अध्यक्ष हुँदा युवाहरुको विषयमा खेलेको भुमिका नै वर्तमान समयको युवाहरुको उपलब्धी तथा संस्थागत अधिकार स्थापित भएको हो ।

Classic Tech Desktop

वर्तमान समयमा भक्तपुर क्षेत्र नं. २ मा नेकपाको तर्फबाट विजयी हुनुभएका सांसद बस्नेतले छोटो समयमा नै भक्तपुरको मुहार नै परिवर्तन गर्नुभएको छ । निर्वाचनको समयमा जनतामाझ गर्नुभएका प्रतिवद्धताहरु करिव दुई वर्ष मै पुरा गरी अव जनताको चाहना, आवश्यकतालाई मध्यनजर गर्दै साना तथा ठूला आयोजनाहरु निर्माणाधिन अवस्थामा पुर्याउनुभएको छ ।

प्रतिकृया