• १८ भदौ २०८३, बिहीबार
  • ६ः३२ बेलुका

पेट्रोलियम र ग्यास पाइपलाइनः फेरि तीन योजना अघि बढ्दै

प्रकाशित मिति

२०७६ भाद्र ३१ गते, मंगलवार ०८:१०

नेपाल आयल निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाहेक थप तीनको योजना अघि बढाएको छ । यसमध्ये दुई पेट्रोलियमको र एक एलपीजी ९खाना पकाउने० ग्यासका पाइपलाइन छन् । नेपालमा खपत हुने पेट्रोलियम पदार्थको आन्तरिकरुपमा पाइपलाइनको सञ्जाल निगमले विस्तार गर्न लागेको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार यसमध्ये अमलेखगञ्जको क्षेत्रीय डिपोको पाइपलाइनमा जोडेर ६२ किलोमिटर टाढा रहेको चितवनको लोथरसम्म एउटा पेट्रोलियम पाइपलाइन ओछ्याइनेछ ।

Kamana Sewa

पाइपलाइनसँगै रक्सौलको इण्डो–नेपाल बोर्डरदेखि चितवनको लोथरसम्म करिब ९८ किलोमिटरको रुटमा ग्यासको पाइप योजना पनि अघि बढाइएको छ ।
(राजेश बर्मा)
अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार

Classic Tech Desktop

प्रतिकृया