• ५ साउन २०८३, मंगलबार
  • ४:०३ बेलुका

आजको मौसम, धेरै ठाउँमा पानी पर्न सक्ने सम्भावना

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार १२:३५

काठमाडौँ, आज काठमाडौँ लगायत देशभरका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको महाशाखाले बताएको छ ।

मनसुन सक्रिय भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको र एकैछिन मौसम खुले पनि एकैछिनमा बदली हुने र अबको तीन दिन यस्तै किसिमको मनसुनी गतिविधि भइरहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Kamana Sewa

आज दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली हुने र केही भू–भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने राती देशभरी सामान्य बदली रहने र केही भू–भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया