• ७ असोज २०८३, बुधबार
  • ६ः३८ बिहान

माछा मार्न गएका तीन जनाको डुबेर मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र २७ गते, शुक्रबार ०९:२१

रौतहट । रौतहटको ईशनाथ नगरपालिका– १ बन्जाराका तीन बालिकाको बिहीबार साँझ डुबेर मृत्यु भएको छ । माछा मार्न गएका ७ वर्षिया सरिताकुमारी साह, १० वर्षिया किन्जलकुमारी यादव र ६ वर्षिया गुुञ्जनकुमारी यादवको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्जाराले जनाएको छ । गाउँका बालबालिकाहरु नजिकको खेतको खाडलमा जमेको पानीमा माछा मार्न गएको बेला यो घट्ना भएको हो ।

National Life

मृतक गुञ्जन र किन्जल दिदी बहिनी हुन् । साँझसम्म आफना छोरीहरु घर नफर्केपछि खोजी गर्दा उनीहरु खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा शव भेटिएको जनाइएको छ ।

प्रतिकृया