• ६ असोज २०८३, मंगलबार
  • ८ः४१ राती

एनआरएनए महिला विभागको सहयोगमा बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

प्रकाशित मिति

२०८१ पुष १५ गते, सोमबार १२:२७

पुष १५, २०८१ काठमाडौँ: गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको समन्वयमा बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ । आइतबार बारबर्दिया नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच चार लाख रुपैयाँ मूल्य बराबरका बेबी वार्मर, बायोकेमेस्ट्री एनालाइजर, र टेस्ट किटहरू अस्पताललाई हस्तान्तरण गरिएको हो । संघका तर्फबाट पूर्व कोषाध्यक्ष हिक्मत थापाले ती उपकरणहरू हस्तान्तर गर्नुभएको हो।

National Life

उक्त अवसरमा बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारुले अस्पताललाई उपलब्ध गराइएको सहयोगले बारबर्दिया नगर अस्पतालको स्वास्थ्य सेवामा सुधार ल्याउने र स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख रत्नकुमारी पाण्डेय, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तिर्थ पौडेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य लगायतको उपस्थिती रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया