• ७ असोज २०८३, बुधबार
  • १०ः५२ राती

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

प्रकाशित मिति

२०८१ पुष १४ गते, आईतवार ०१:२४

पुष १४, २०८१ काठमाडौँ: सहकारीसम्बन्धी अध्यादेश जारी भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् ।

National Life

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अध्यादेशले सहकारी संस्थाहरुको निययनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव गरेको छ । पाँच सदस्यीय आयोगमा एकजना अध्यक्षका अतिरिक्त, एकजना विज्ञ, एक चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयको सहसचिव सदस्य रहने उल्लेख गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया