• ६ असोज २०८३, मंगलबार
  • २ः४५ दिउँसो

रवि, छविलगायतलाई अदालतमा उपस्थित गराइयो

प्रकाशित मिति

२०८१ कार्तिक २० गते, मंगलवार १२:४५

कार्तिक २० , २०८१ काठमाडौँ: सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

National Life

उनीसहित छविलाल जोशी, लीला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

तिहार बिदाकै बेलामा म्याद सकिएकाले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले उनीहरूलाई अदालतमा उपस्थित गराइएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र पूर्वडीआईजी जोशी पोखराको सुर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ । पछाईं र खनाल गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसँग जाेडिएका व्यक्ति हुन् ।

लामिछाने कुनैबेला गोरखा मिडिया प्रबन्ध निर्देशक थिए । जोशी यसका सञ्चालक हुन् । यही परिपेक्षमा उनीहरूलाई सहकारीको रकम अपचलनको आरोप लागेको हो ।

प्रतिकृया